Logo
Logo

प्रभु महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले संयुक्तरुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्तरुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैतभित्र रु ५०० करोड चुक्ता पूँजी पु¥याउन निर्देशन दिएपछि प्रभु र महालक्ष्मी लाइफ मर्जरको लागि सहमत भएका थिए । २०७९ आषाढ ३० गते मर्जर सम्झौता गरेका दुवै कम्पनीको भारतीय विमांकितबाट मूल्यांकन प्रतिवेदन आउन ढिलो भएपछि एकीकृत कारोबार केही ढिलो हुन गएको हो ।

मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुवै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्तरुपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास दिलाउन चाहेका छौँ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशलाल कर्ण, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्