Logo
Logo

बिपिडब्लू लघुवित्तको सेयर रजिस्ट्रारमा मेगा क्यापिटल



काठमाडौं । बिपिडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

सम्झौतामा बिपिडब्लू लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दिलीपकुमार पोखरेल र मेगा क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा मेगा क्यापिटलका मार्केटिङ डिपार्टमेन्ट हेड गिरीराज पोखरेल र मर्चेन्ट बैकिङ इन्चार्ज मनीषा दाहालको समेत उपस्थिति रहेको जनाइएको छ ।

सम्झौतासँगै बिपिडब्लूको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिला खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरूको लागत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण काम मेगा क्यापिटल मार्केट्समार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्