Logo
Logo

नेपाल प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकको ३० लाख आर्थिक सहयोग



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरेको हो ।

सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरलाई हस्तान्तरण गरेको जनाइएको छ ।

यो रकम नेपाल प्रहरीले सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेलकुद, प्रकोप व्यवस्थापन, ट्राफिक सचेतना, प्रहरी परिवारलाई उद्यमशीलतासम्बन्धी कार्यका लागि प्रयोग गर्ने जनाइएको छ ।

कार्यकममा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, प्रबन्धक जितेन्द्रसिंह थापालगायतको उपस्थिति रहेको जनाइएको छ ।

बैंकको हाल देशका ७७ वटै जिल्लाका सदरमुकामसहित दुई सय ६५ शाखा, ५२ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्