Logo
Logo

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय बिमा प्रशिक्षकको प्रशिक्षण



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा आप्mना अभिकर्ताहरूलाई प्रशिक्षण दिएको छ । काठमाडौंमा भएको एकदिने कार्यक्रममा भारतका बिमा प्रशिक्षक विजयकुमार झाले नेपाल लाइफका करिब चार सयजना अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअल सम्बोधन गरेको जनाइएको छ । हाल विदेशमा रहेका प्रमुख कार्यकारी अधिकृत पराजुलीले माघ महिनाको स्किमबाट छनोट भएर कार्यक्रममा आएका बिमा अभिकर्ताहरूलाई स्वागत तथा बधाई दिँदै उनीहरूको क्षमताको विकास कम्पनीको केन्दबिन्दुमा राखेर प्रशिक्षण कार्यक्रम गरेको बताए । यही सोचलाई मूर्तरूप दिन अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकलार्ई आमन्त्रण गरिएको उनको भनाइ थियो ।

यस किसिमको कार्यक्रमले बिमा क्षेत्रमा भएका नवीनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरूलाई थप निखार्न महŒवपूर्ण भूमिका खेल्ने आफू विस्वस्त रहेको पराजुलीको भनाइ थियो ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरूको सीप विकास तथा मनोबल अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।

कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेलले कम्पनीले भर्खरै ल्याएको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना’का बारेमा प्रस्तुति दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्