Logo
Logo

भारतद्वारा मठाधीश भवनको निर्माण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ कार्तिक । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले काठमाडौको बुढानीलकण्ठस्थित बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको बुधबार उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्यलगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताको सहभागिता थियोे ।
उक्त मन्दिर काठमाडौंको उत्तरतर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ । धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति रहेको छ । संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरुका लागि यस श्री बुढानीलकण्ठ मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ । यस मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरुबाट दैनिक रुपमा हजाराँैको संख्यामा तीर्थयात्रीहरु आउँछन् । मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहनेछ ।
भारत सरकारद्वारा २ करोड १८ लाख अनुदान सहयोगमा निर्माण भएको उक्त नवनिर्मित तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय दिनेछ । जिल्ला समन्वय समिति काठमाडौंैंले यस परियोजनालाई कार्यान्वयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्