Logo
Logo

महाधिवेशन प्रक्रियामा सहभागी नहुन डा. शशांक कोइरालाको अपिल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनका लागि गरिरहेका अधिवेशनहरूमा सहभागी नहुने अपिल गरेका छन् ।

शुक्रबार संस्थापन इतर पक्षका नेताहरूको छलफलपछि डा. कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेको उल्लेख गर्दै १५औं महाधिवेशन प्रक्रियामा सहभागी नहुन अपिल गरेका हुन् ।

सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी मुद्दा फेरि हेर्ने अनुमति दिएको उनले स्मरण गराएका छन्। यस्तो अवस्थामा एकतर्फी रुपमा १५औं महाधिवेशनका गतिविधि अगाडि बढाउन नहुने डा. कोइरालाको भनाइ छ । ‘यो अवस्थामा कथित विशेष महाधिवेशनबाट गठित पक्षले १५औं महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्।

विशेष महाधिवेशनका कारण अहिले केन्द्रीय कार्यसमिति समानन्तर रुपले विभाजित रहेको उनले उल्लेख गरेका छन्। अहिले एकतर्फी रुपमा महाधिवेशनमा जाँदा आगामी चुनावमा नकारात्मक असर पर्ने उनको ठहर छ।

‘गम्भीर विवादको अवस्थामा कथित विशेष महाविधेशन पक्षले अधिवेशन वा महाविधेशन ग¥यो भने पार्टीका सबै तहका संरचनागत रुपमा विभाजनको प्रक्रिया सुरु हुने स्पष्ट देखिन्छ,’ डा. कोइरालाले भनेका छन्, ‘आगामी स्थानीय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछ भन्ने हम्रो ठहर छ।’

त्यसैले अधिवेशन तथा महाधिवेशनका गतिविधिमा सहभागी नहुन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। ‘तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न÷नगराउन तथा यस्ता क्रियाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा हार्दिक अपिल गर्दछौं,’ डा. कोइरालाले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्