
काठमाडौं । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् ।
उनी आज स्थलमार्ग हुँदै अस्ताम पुगेका हुन् । उनी दिउँसो ३ बजे रिसोर्ट पुगेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, उनी पूर्णतः पारिवारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन् ।
उनी आज सोही रिसोर्टमा बस्नेछन् भने भोलि त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।













