Logo
Logo

डिसहोम आइपिटिभिमा आइपिएल एचडी क्वालिटीमा हेर्न सकिने



काठमाडौं । डिसहोम आइपिटिभिमा आइपिएल क्रिकेट–२०२३ एचडी क्वालिटीमा हेर्न सकिने भएको छ । आइपिटिभिमा डिएच आइटिभी, डिटिएच र टिटुभन्दा फरक प्रविधि इन्टरनेट प्राटोकल बेस्ड भएको कारण यो आइटिभिमा आइपिएल क्रिकेट एचडी क्वालिटीमा नेपालमा पहिलोपटक हेर्न सकिने डिशअहामले जनाएको हो ।

यस्तै, अन्तर्राष्ट्रिय सिरिजहरू जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफूले चाहेको समयमा हेर्न सकिने पनि कम्पनीले जनाएको छ ।

इन्टरनेट प्राटोकल नेटवर्कमार्फत् टेलिभिजन सिग्नल प्राप्त हुने भएकोले यो सेवा लिनका लागि इन्टरनेट कनेक्सन हुन जरुरी हुने कम्पनीले बताएको छ । डिशहोमले भनेको छ, ‘हाम्रो ग्राहकहरुले डिटिएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा कम्पनीले विश्वास लिएको छ ।’

प्रतिक्रिया दिनुहोस्