Logo
Logo

मर्मत सम्भारका लागि मनकामना केबुलकारको सेवा एक दिन बन्द हुने



काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यही चैत २२ गते बुधबार एक दिनका लागि केवुलकार सेवा बन्द हुने कम्पनीले जनाएको छ ।

केवुलकार टावरको मर्मतसम्भार सकिएलगत्तै यही चैत २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ । उक्त अवधिभरि केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहने जनाइएको छ ।

कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको जनाइएको छ । साथै यसबाट यात्रु महानुभावमा पर्न जाने असुविधाका लागि कम्पनी क्षमायाचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्