Logo
Logo

डिजिटल बैंकिङ सिटिजन्स बैंकको प्राथमिकतामा



काठमाडौं । सिटिजन्स बैंकले एक वर्षअघि काठमाडौंको दरवारमार्ग शाखाबाट शुरु गरेको किओस्क सेवा अब काठमाडौं उपत्यका लगायत बाहिरका प्रदेशमा पनि विस्तार गरेको छ ।

सिटिजन्स बैकले १६ वर्षदेखि उत्तरदायी बैकिङको अभ्यास गर्दै ग्राहकको वित्तीय आवश्यकताको डिजिटल माध्यमबाट सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ करिब एक वर्षअघि काठमाडौँको दरबारमार्ग शाखाबाट सुरु गरेको किओस्क सेवा अब काठमाडौं उपत्यकालगायत बाहिरका प्रदेशमा पनि विस्तार गरेको छ ।

१६ वर्षदेखि उत्तरदायी बैंकिङको अभ्यास गर्दे आएको सिटिजन्स बैंकले ग्राहकको वित्तीय आवश्यकता डिजिटल माध्यमबाट सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ करिव १ वर्षअघि काठमाडौंको दरवारमार्ग शाखाबाट सुरु गरेको किओस्क सेवा अब काठमाडौं उपत्यका लगायत बाहिरका प्रदेशमा पनि विस्तार गरेको जनाएको छ ।

२०७९ चैत १८ गते एक समारोहका बीच उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो सेवा काठमाडौं उपत्यकाको कलँकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगँज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा गरी एकसाथ ५ शाखामा सञ्चालनमा ल्याउनुका साथै कोशी प्रद्रेशको कर्सिया, मधेश प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरि एकसाथ ५ शाखामा एटिएम सेवाको समेत विस्तार गरेको छ ।

साथै निकट भविष्यमा यस्ता सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको व्यहोरा प्रमुख कार्यकारी अधिकृतले बताएका छन् । किओस्क सेवा मार्फत् प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोगबिनानै प्राप्त गर्न सक्नेछन् ।

नयाँ प्रविधिलाई आत्म साथ गर्नुका साथै ग्राहकको अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ किओस्क सेवाको विस्तार गरिएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले कर्मचारीको सहयोग बिनानै सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने साथै डिजिटल बैंकिङ्ग सभ्यताको समेत विकास हुने विश्वास बैंकले लिएको छ । सोही समारोहमा नयाँ वर्ष २०८० सालको क्यालेण्डर समेत सार्वजनिक गरिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३८ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिव १५ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्