Logo
Logo

मलेसियामा एक नेपालीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


राजविराज, २२ कार्तिक । सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ ।
मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए ।
अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ ।
यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरिएको छ । दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्