Logo
Logo

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

बीमितले प्रतिहजार रु. ८५ सम्म पाउने गरी पुरानो बोनसदरलाई निरन्तरता



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । आव २०७८/७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रतिहजार बीमांक रु.६३ देखि रु.८५ निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रतिहजार रु. ६४, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रतिहजार रु. ६४, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रतिहजार रु.७०, २६ र सोभन्दा माथिका लागि प्रतिहजार रु.८५ तोकेको छ ।

त्यस्तै सावधिक तथा आजिवन बीमालेखअन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधिसम्मको लागि प्रतिहजार रु.६४, २१ देखि २५ वर्षसम्मका लागि प्रतिहजार रु.७०, २६ देखि २९ वर्षसम्मका लागि प्रतिहजार रु.८५, ३० र सो भन्दा बढी अवधिका लागि प्रति हजार रु. ८५ छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रतिहजार रु. ६३, १० देखि १४ वर्षसम्मका लागि प्रतिहजार रु. ६३, १५ देखि १९ वर्षसम्मका लागि प्रतिहजार रु. ६४, २० र सो भन्दा माथिका लागि प्रतिहजार रु.६४ को दरले बोनस दर तोकिएको कम्पनीले जनाएको छ ।

उच्च तथा आकर्षक बोनस दरको कारणले कर्जा/दाबी/पूर्ण अवधि सबैमा बढी रकम प्राप्त हुने छ । ठूलो जीवन बीमा कोष भएको कम्पनीले अधिकतम प्रतिफल प्रदान गर्दै आफ्ना ग्राहकवर्गलाई लाभान्वित गर्दै आइरहेको जनाएको छ । कम्पनीको यसका लागि बीमीत, अभिकर्ता, कर्मचारी, नेपाल बीमा प्राधिकरण सबै सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्