Logo
Logo

एनएलजी इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश पारित



काठमाडौं । एनएलजी इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको सोमबार बसेको १७औं वार्षिक साधारणसभाले प्रस्तावित १०.५२ प्रतिशत लाभांश पारित भएको हो ।

कम्पनीको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले कुल बीमा शुल्क आम्दानी रु. २ अर्ब ३६ करोड, खुद बीमा शुल्क आम्दानी रु. ६७ करोड ०४ लाख र खुद नाफा रु. २३ करोड ८६ लाख गर्न सफल भएको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तको वासलात, आव २०७८/७९ को नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल गरी पारित गर्ने निर्णय गरेको छ ।

यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी १.५० अर्बबाट वृद्धि गरी ३ अर्ब पु¥याउने विशेष प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समितिले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा कविराज अधिकारीलाई २०७९/०२/३१ गतेदेखि चार वर्षको लागि नियुक्त गर्ने निर्णय पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्