Logo
Logo

एसपी नचाउने ‘जड्या असई’



रुपन्देही । सीमा क्षेत्रबाट भन्सार कर्मचारीकै सेटिङमा भरपुर तस्करी हुँदा पनि चुइक्क नबोल्ने रुपन्देही प्रहरी यतिबेला चर्चामा आउन थालेको छ । तस्करहरूसँगको सेटिङमा अकुत कमाएका रवीन्द्र रेग्मीको सरुवासँगै रुपन्देहीमा नयाँ एसपी भरत बिक आएको करिब २ महिना भएको छ ।

उनी आएकै बेला चोरीको घटनामा स्थानीयले रंगेहात पक्राउ गरी कारबाहीका लागि प्रहरीलाई बुुझाएका एसपीकै थरका एक अभियुक्तबाट सुुरु भएको घटनाले जिल्ला कमाण्ड बिबादित बन्दै गएको छ । पहिलो पटक जिल्ला कमाण्ड समालेका एसपी बिक चोरी सम्बन्धी पहिलो घटनाबाटै मोरल डाउन भएका छन् ।

जुनबेला उनीसँग समाचार संकलनका लागि खटिएका पत्रकारहरूसँगै विवाद भएको थियो । कमजोर कमाण्डको फाइदा उठाउदै यतिबेला डिएसपी, सई र असईहरूले लाभ लिइरहेका छन् । समाचार स्रोतका अनुसार डिएसपी श्यामुु अर्यालले एसपी आउनुु पहिल्यै मातहतका चौकीहरूमा पूर्वएसपीको सहमतिमा सइ र असईहरूलाई मासिक रकम लिनेगरी खटाइसकेका थिए । त्यसपछि आएका एसपी बिकलाई उनै डिएसपी र केही असईहरूले अहिले गुमराहमा पारेर असुली धन्दा चलाइरहेको स्रोतले बताएको छ ।

जिल्लाका एकाउण्टेनसँग गाडी मर्मत, ईन्धन र प्रशासनिक खर्चमा साठी चालीसको हिस्सा बाहेकमा एसपीले अहिलेसम्म तस्करहरूसँग रकम नलिएको जिल्ला प्रहरी स्रोत बताउँछ । तर, उनी मातहतका डिएसपीले भने ठाडो उजुुरीदेखि घुमुुवासम्म लाइन लिने गरेका छन् ।

डिएसपी अर्यालले असुुलीमा भैरहवा बसपार्कका असई कमल भट्टराईलाई अगाडि सारेका छन् । बसपार्कमा दिउसै मदिरा पिएर लठ्ठीने असई भट्टराईले जिल्ला, ईलाका प्रहरी कार्यालय बेलहीका ईन्चार्ज, घुमुवा, बडा प्रहरी कार्यालयलगायत जिल्ला मातहतका चौकीहरूको लागि तस्किरहरूसँग सेटिङ मिलाउँदै आएको स्रोतले बताएको छ ।

त्यसबापत उनले डिएसपीलाई मासिक बुुझाउँछन् । एसपीलाई अहिले माहोल ठिक नभएको भन्दै काम गरेर देखाउने बेला भएको बताउने गर्छन् ।स्रोतका अनुसार क्यासिनोबाट उठ्ने मासिकमा पनि डिएसपीले एसपीलाई खुलेर बताएका छैनन् । डिएसपीमार्फत एसपीलाई विस्वासमा लिएका भट्टराईले सदरमुकाम क्षेत्रका क्यासिनो, स्पा, डान्स, बिबादित छवीका ठेक्का पट्टा व्यवसायीसँग एकछत्र राज गरिरहेका छन् ।

उनले आफुु कांग्रेस भएको र जुनियर प्रहरीलाई चाहेको स्थानमा पठाउने भन्दै मोलमोलाईसमेत गर्न थालेका छन् । त्यसो त उनले जिल्लामा घुमुुवा हुँदा देखिनै एसपी, डिएसपीलाई प्रभावमा पारेर जुनियर प्रहरीलाई कहाँ कसलाई पठाउने पकड जमाएका थिए । भट्टराई बसपार्कमा गएदेखिनै त्यहाँ तस्करहरूको आउजाउ बाक्लिएको छ ।

स्थानीय होटल व्यवसायीहरूका अनुसार उनी त्यहाँ बिहानैदेखि मदिर पिउने गर्छन् । मदिरा पीएपछि जुनियर प्रहरी कर्मचारी, घुमुवा तथा तस्करहरूलाई बोलाएर आफुले चाहेमा ठेगान लगाउन सक्ने भन्दै रकमको मोलमोलाई गर्छन् ।

जिल्ला, बडा, ईप्रका बेलहीयाका घुमुवाहरूले अहिले आफुुहरूले तस्करसँग लाइन लिएपछि भट्टराईलाई भेट्न पठाउने गर्छन् । बसपार्क क्षेत्रका सबैजसो होटलबाट उनले अहिले दुुईहजारदेखि पाँच हजारसम्म मासिक उठाउँदै आएको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्