Logo
Logo

प्रवासी एकता मंच कतारले गर्यो रमादानको अवसरमा ईफ्तार



कतार । नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मंच कतारले इस्लाम धर्मालम्वीहरुको पवित्र तथा महान धार्मिक पर्व रमादानको अवसरमा शुभकामना तथा वृहत ईफ्तार कार्यक्रम गरेको छ ।

कतारको राजधानी दोहामा भएको ईफ्तार कार्यक्रम एनआरएनए आईसीसीका उपाध्यक्ष आर के शर्माको प्रमुख आतिथ्यमा भएको हो ।

ईफ्तार कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि शर्माले धार्मिक सहिष्णुतामा आधारित यस्ता कार्यक्रमले हामीबीचको भाइचारा, अपन्वत्वको प्रगाढ विकास हुने र यसले सबै धर्म तथा संस्कृतिलाई सम्मान गर्ने सन्देश दिने बताए ।

ईफ्तारमा एनआरएनए आईसीसी सदस्यहरु केवी हमाल, तेज कटुवाल, सरिता भण्डारी, एनआरएनए कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्