Logo
Logo

कालापानी : ‘बुढी मरी हैन कि काल पल्क्यो’


- अनिलभक्त खरेल


  • अनिलभक्त खरेल

विश्वका साना ११ राष्ट्र«हरुको क्षेत्रफलभन्दा बढी क्षेत्रफल अर्थात् ३७४ वर्ग किमी भुभाग नेपालले सुदुरपश्चिमको कालापानी क्षेत्रबाट गुमाुउनुपरेको छ । विश्वका ११ साना राष्ट्र«हरु भ्याटिकन सिटी ०.४४ वर्ग किमी, मोनाको २.०२ वर्ग किमी, नौरु २१ वर्ग किमी, टुभालु २६ वर्ग किमी, सन मारिनो ६१ वर्ग किमी, लिच्टेन्सटिन १६० वर्ग किमी, मार्शल आइसल्याण्ड १८१ वर्ग किमी, सेन्ट किट्स एण्ड नेभिस् २६१ वर्ग किमी, माल्दिभ्स् २९८ वर्ग किमी, माल्टा २९८ वर्ग किमी र ग्रनाडा ३४४ वर्ग किमी सीमाभित्र पर्दछन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेर फर्किएको एक महिना पनि नबित्दै भारतले नेपालको कालापानी लिपुलेकको ३७४ वर्ग किमी भूमिलाई आप्mनो भएको नक्सामा हालेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार ‘नेपाल र ब्रिटिश इण्डियाबीच सन् १८१६ मा भएको सुगौली सन्धिको धारा ५ अनुसार नेपालका राजा महाराजा, तिन्का उत्तराधिकारी, सन्तान, दरसन्तानले काली नदीपारि पश्चिमका जनतासँग सम्पर्क गर्न पाउने छैनन् भनेपछि नेपालको सीमा काली नदीसम्म हुन्छ भन्ने ऐतिहासिक तथ्य हो । पछि सन् १८२७ मा ब्रिटिश सर्भेअर अफ इण्डियाले गढवाल कुमाउ नाम दिएर अर्को नक्सा निकालेकोमा त्यस नक्सामा लिम्पियाधुराबाट निस्किएको नदीलाई काली भनेर प्रष्याइएको छ । यो नदीभन्दा पूर्वतर्फ कालापानी पर्छ । यो नक्सालाई मान्दा लिपुलेक कालापानी सबै नेपालको ठहर्छ । सन् १८५६ मा भारतको सर्वेक्षण विभागले प्रकाशित गरेको नक्साको नोट नम्बर ३ मा जंगबहादुरले नेपाली हातेकागजमा बनाएको नक्साको विवरण पनि समावेश गरिएको छ । यसमा पनि लिम्पियाधुराबाट निस्किएको नदीलाई काली लेखिएको छ । वर्तमान भारतले ब्रिटश इण्डियाको विरासत बोकेको कारण ब्रिटश इण्डियाले बनाएका आधिकारिक र ऐतिहासिक नक्साहरु पनि मान्नु पर्छ । तर, भारतले लिम्पियाधुराबाट निस्किेको नदीलाई काली नदी नमानिकन एउटा पहाडबाट निस्केको सानो खोलालाई काली नदी मान्दै आएको छ । भारत स्वतन्त्र भएदेखि बनाउँदै गएको नक्सामा कालापानी लिपुलेक लिम्पियाधुरा भारततिर पारिएको छ । यसलाई आधिकारिक मान्न सकिदैन ।’

यी यावत प्रमाण हुँदा समेत यस प्रकरणमा नेपाल सरकारले अहिलेसम्म भारतसँग औपचारिक रुपमा कुनै गृहकार्य गर्न सकेको छैन । परराष्ट्र मन्त्रालयले समेत विना नाम मात्रको हस्ताक्षर गरिएको विज्ञप्ति निकालेको छ । प्रतिपक्षमा हुँदा कालापानीमा मार्चपास गर्न जानेहरु अहिले पर्यटनमन्त्री नै छन् । हिजो पाकिस्तान र भारतको विवादास्पद भू–भाग काश्मिरमा भारतले हस्तक्षेप गर्दा मौन बसेपछि अहिले त्यो समस्या आफुमाथि पनि बज्रिएको छ । भनिन्छ नि गाई खाने बाघले मान्छे पनि खान्छ । छिमेकी नै नबोलेपछि विश्व कसरी बोल्छ ? हिजो पाकिस्तालाई पर्दा बोलेको भए अहिले नेपाललाई पर्दा पनि पाकिस्तान बोल्थ्यो होला । चीन त सुतेको बाघ हो । उसैको भर पर्दा सिक्किमका राजा च्योग्याल (थोण्डुप नाम्ग्याल)ले धोका पाए । भारतले सिक्किम कब्जा गर्दा समेत त्यहाँका राजाले चीनको सहयोग पाएन । चीनलाई पनि थाहा छ, कालापानी लिपुलेक नेपालको हो । तर पनि उ बोल्दैन किनकि चीनको ल्हासाबाट दिल्ली जाने छोटो मार्ग यही लिपुलेक हो । जहाँबाट चीन र भारतले व्यापारिक मार्ग बनाउन सन् २०१५ मा सहमति गरेका छन् । यसमा नेपाल कूटनीतिक रुपमा असफल नै भएको भन्दा अत्युक्ति नहोला । यदि कालापानी समस्या समाधान भएन भने बूढी मरी हैन कि काल पल्क्यो भनेर जाने हुन्छ । भारतको यस्तो हेपाहा प्रवृत्तिको कूटनीतिक अस्त्रबाट मात्र समस्याको समाधान हुनसक्छ । हिजो इराकले कुवेत खान खोज्दा सद्दाम र इराकले के दुर्गति भोग्नु पर्यो इतिहास साक्षी छ । नेपालले त्यसै अनुरुप कदम चालोस् र भारतले पनि पाठ सिकोस् । कुटनीतिक पहलको लागि सर्वप्रथम देशमा मेलमिलाप हुनुपर्छ ।

अन्त्यमा, फुटाउ र शासन गरकै कारण सन् १९५० को सन्धि, कोशी सम्झौता, गण्डकी सम्झौता, महाकाली सन्धि, टनकपुर सम्झौता जस्ता असमान सन्धि र सम्झौता भएको हो । त्यतिमात्र होइन, नेपालीहरुलाई नै अल्पमतमा पार्ने ग्राइण्ड डिजाइनअनुसार २०४६ साल र २०६२÷६३ को राजनीतिक परिवर्तन पश्चात ८० लाख भन्दा बढी भारतीयहरुलाई नेपाली नागरिकता बाँडियो । राजा वीरेन्द्रले नागरिकता विधेयक फिर्ता पठाएर नेपालीहरुलाई अल्पमतमा पार्ने काम रोकिएपछि वीरेन्द्रको वंश नै सखाप भयो । पछि उनकै भाइ ज्ञानेन्द्र राजा भएपछि उनीमार्फत फेरि त्यही नागरिकता विधेयकको कुरा उठाइयो । उनीबाट पनि त्यो काम नभएपछि राजसंस्था नै अन्त्य भयो । सिक्किममा राजा फलिए पश्चात लेण्डुपेको कारण सिक्किम सदाका लागि भारतमा गाभिएको देख्दा देख्दै पनि चेत नआएका नेपाली लेण्डुपेहरुकै कारण कहिल्यै कसैको उपनिवेशमा बस्नु नपरेको स्वर्गरुपी देश नेपाल इतिहास नबसोस् यही कामना छ । सबैको बेलैमा चेत खुलोस् ।
– भर्जिनिया, अमेरिकाबाट

प्रतिक्रिया दिनुहोस्