
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत एशोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।
श्रेष्ठले ८४६ मत पाउँदा आचार्यले ७८१ मत मात्र पाए । श्रेष्ठ रामचन्द्र संघई समूहका हुन भने आचार्य अन्जन श्रेष्ठ तथा उमेशलाल श्रेष्ठका साझा उम्मेदवार हुन् ।











