काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ ।
नेता तथा कार्यकर्तासँग सरकारमा रहेका मन्त्रीहरुको सहन भेट गर्ने व्यवस्था मिलाउनका लागि समय निर्धारण गरिएको उपमहासचिव गंगालाल तुलाधरले बताएका छन् ।

आइतबार र बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल र सोमबार र शुक्रबार सोही समयमा भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेट्ने समय तोकिएको छ ।
नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्री र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई पार्टी कार्यालयमै कार्यकर्तासँग भेट्ने व्यवस्थाको गरेको छ ।












