Logo
Logo

प्राधिकरणको सिईओमा एआईजी राईसहित १३ जनाको आवेदन स्वीकृत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ कात्तिक ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा १३ जनाको दरखास्त आवेदन स्वीकृत भएको छ । १३ जनामध्येबाट एक जनाको नाम छनोट हुने छ ।


तोकिएको मापदण्ड पुगेका १३ जनाको नाम गृह मन्त्रालयले सार्वजनिक गरेको छ । १३ जनाको शैक्षिक, योग्यता, तालिम र अनभुवको नम्बर समेत सार्वजनिक गरिएको छ ।
सो पदका लागि नेपाल प्रहरीका एआईजी ठूले राईले समेत आवेदन दिएका छन् । २५ नम्बर पूर्णाङमा उनले २१.५ नम्बर ल्याएका छन् । डा सुबोध ढकाल र डा प्रेम कुमार थापाले सर्वाधिक समान २४.५ नम्बर पाएका छन् ।
त्यस्तै अरुण कुमार पालले २२.५ र डा हरिराम पराजुलीले २२ नम्बर पाएका छन् । उनीहरुमध्येबाट उत्कृष्टलाई गृहसचिव प्रेम कुमार राई नेतृत्वको समितिले छनोट गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्