Logo
Logo

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा भेटिए


882
Shares

काठमाडौं । छुट्टा छुट्टै स्थानमा पाँच जना मृत अवस्थामा भेटिएका छन् । बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल डेरा गरी बस्ने नुवाकोट घर भएका ४० वर्षीय बिरे राई आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै, झापाको दमक नगरपालिका-१० जदाहास्थित मावा खोलाको बाँधमा मोरङ उर्लाबारी नगरपालिका(९ चिहानडाँडा बस्ने ४५ वर्षीया शुसिला हेमरम बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

प्रहरीका अनुसार सप्तरीको राजबिराज नगरपालिका-६ स्थित सडक छेउको खाल्डोमा सोही नगरपालिका ६ थानगाछि डेरा गरी बस्ने सप्तरी राजबिराज नगरपालिका-४ घर भएका ५५ वर्षीय गणेश साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, सुनसरी, ईनरुवा नगरपालिका-३ त्रिबेणी चोक बस्ने ४५ वर्षीय खेम राज श्रेष्ठ आफ्नै घरको प्यासेजमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङ, गल्छी गाउँपालिका-१ जिन्ठेटारस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्