Logo
Logo

बंगलादेशी राष्ट्रपति हमिद फेवातालमा सरर…


- दृष्टि न्युज/संवाददाता


पोखरा, २८ कार्तिक । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा जलविहार गरेका छन् । चारदिने नेपाल भ्रमणमा रहेका हमिद बिहीबार पोखरा आएका हुन् । उनलाई नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरे ।
नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौंबाट आएका पोखरा पुगेका राष्ट्रपति हमिद त्यसपछि रुपाकोट जानेछन् । राष्ट्रपति हमिद हेलिकोप्टरमार्फत नै रुपाकोट रिसोर्ट जाने कार्यक्रम रहेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जनाए ।
राष्ट्रपतिको हमिदको पोखरा भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । चार घण्टाको पोखरा भ्रमणपछि उनी आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्