Logo
Logo

ओली निवास बालकोट पुगे प्रचण्ड-देउवा


2.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री प्रचण्ड र देउवा लगायतका नेताहरु बालकोट पुगेका हुन् ।

सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताबीच संसदमा विचाराधिन टीआरसी विधेयक अगाडि बढाउने लगायत समसामयीक राजनीतिक विषयमा छलफल हुने एजेण्डा तय भएको छ ।

यसअघि दुई पटक सभामुख घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद भएपनि निष्कर्षमा पुग्न सकेका छैन। टीआरसीलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएपनि विषय र प्रक्रियामा टुंगो लाग्न बाँकी रहेको छ।

यसअघि हिजो आइतबारै बैठक बस्ने तय भएको थियो । तर प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बैठक बस्न सकेको थिएन । पछिल्लो समय दलहरु टीआरसी विधेयक लगायतका विषयमा सहमति जुटाउने प्रयास स्वरुप निरन्तर छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्