Logo
Logo

अमेरिकी डलर साट्ने बाहानामा लुटपाट गर्ने ३ जना पक्राउ


1.2k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर साट्ने बाहानामा लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिलाई सम्पर्क गरी सस्तो दरमा अमेरिकी डलर साटीदिन्छु भन्दै प्रलोभन देखाई लाखौं रकम लुटपाट गर्ने गिरोहलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई ललितपुर टिकाथली बस्ने २९ वर्षीय सुकलाल पाईन, २५ वर्षीय ईनकुमार पाख्रिन र २२ वर्षीय सूर्य बहादुर पाईन रहेका छन् ।

ललितपुर हरिसिद्धिबाट १८ लाख रूपैयाँ, काठमाडौं चोभारबाट १८ लाख रूपैयाँ र ललितपुर ईमाडोलबाट १० लाख रूपैयाँ लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर ढुङ्गेली बसपार्क नजिकबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्