Logo
Logo

भर्ना प्रकृया विरुद्ध चिकित्सकहरुद्वारा प्रदर्शन


315
Shares

काठमाडौं । चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रकृया विरुद्ध चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले सर्वोच्चको आदेश अवज्ञा गरेको र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरुले सोमबार माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

बढी अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति नदिने तथा योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थामा पुराएको उनीहरुको गुनासो छ ।

प्रदर्शनमा सहभागीहरुले न्यायापालिका भन्दा ठूलो कार्यपालिका कसरी भयो, मेरिट मिच्न पाइदैन, अस्पतालमा डाक्टर खै लगाएतका प्लेकार्ड देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्