Logo
Logo

सेयर प्रिमियममा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फर्दर पब्लिक अफरिङ (एफपिओ)मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न निर्देशन दिएका छन् ।

नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले संयुक्त रूपमा कर लगाउने निर्णयको असरबारे ध्यानाकर्षण गराएको थियो । त्यसपछि प्रधानमन्त्रीले कर लगाउने निर्णय स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

केही पब्लिक लिमिटेड कम्पनी र बैंक तथा वित्तीय संस्थाले एफपिओमार्फत आफ्नो चुक्ता पुँजी वृद्धि गरेका थिए । त्यस समयमा यसरी वृद्धि गरिएको एफपिओमा कर लगाइएको थिएन । तर, महालेखा परीक्षकको कार्यालयले ५८औँ वार्षिक प्रतिवेदनमार्फत विभिन्न पब्लिक लिमिटेड कम्पनीले पुँजी वृद्धि प्रयोजनका लागि जारी गरेको एफपिओमा कर लाग्ने ठहर गर्दै ती कम्पनीबाट कर असुल गर्नुपर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्