Logo
Logo

रात्रि क्लबमा गोली चल्दा ६ जना घाइते



एजेन्सी । थाइल्यान्डको राजधानी बैंककस्थित रात्रि क्लब परिसरमा गोली चल्दा ६ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी ब्यूरो डिभिजन १ का प्रहरी नायब कमाण्डर शाक्य सेङवानका अनुसार किशोरीहरूले आपसमा झगडा गरेको र बन्दुक चलाउँदा सो घटना भएको जानकारी अधिकारीहरुले बताएका छन् ।

पेस्तोलसहित दुईजना संदिग्धलाई सोमबार बिहान घटनास्थलबाटै पक्राउ गरिएको छ । गोली लागेर घाइते भएका सबै ६ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको कमाण्डर शाक्यले जानकारी दिए ।

प्रहरीले अहिले झगडामा संलग्नको बारेमा अनुसन्धान गरिरहेको र आयोजक र नाइटक्लब सञ्चालकलाई सोधपुछका लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्