Logo
Logo

संवैधानिक परिषदको बैठक शुक्रबार बस्ने


567
Shares

काठमाडौं । संवैधानिक परिषदको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने बताइएको छ । चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहनेछन् । हाल कानुनमन्त्री पद पनि रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्