Logo
Logo

सय दिनका उपलब्धि सार्वजनिक गर्दै कोशी सरकार


630
Shares

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पत्रकार सम्मेलन गर्दैछन् । उनले पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारले १०० दिनमा गरेका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

गत पुस २५ गते मुख्यमन्त्री बनेका कार्कीको सरकारमा आज १०० दिन पूरा भएको छ । नेकपा एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री कार्कीले सरकारको मुख्य उपलब्धि प्रदेश नामकरणलाई ठानेका छन् । तर पहिचानवादी पक्षले कोशी नाम खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । जसका कारण कोशी प्रदेश अशान्त छ ।

कोशी प्रदेश सरकारले एक सय दिनमा आफूले गरेका मुख्य उपलब्धिलाई समेटेर सार्वजनिक गर्ने तयारी गरेको कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

यता मुख्यमन्त्री कार्कीले चाहेजति गर्न नसके पनि यस अवधिमा सरकारले गति लिनेगरी केही महत्त्वपूर्ण काम भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्