Logo
Logo

मेयर बालेनबिरुद्धको रिटमा सुनवाई आज


378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सोमवार सर्वोच्च अदालतमा हालेको रिटमा आज सुनवाई हुन लागेको हो ।

अधिवक्ता श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गरेका छन् ।

मेयर बालेनले संघीय सरकारले महानगरको काममा असहयोग गरेको भन्दै १० दिनदेखी सिंहदवार, शीतलनिवास र बालुवाटारको फोहोर संकलन गर्न रोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्