
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् । महासंघमा नयाँ नेतृत्व आएपछि सोमबार भएको चुनावमा अध्यक्ष चन्द्रप्रसाद ढकाल समूहका केसी विजयी भएका हुन् ।
उनले प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ समूहका प्रवलजंग पाण्डेलाई ९ मतले हराए । केसीले ३८ मत पाए भने पाण्डेले २९ मत पाएका थिए । महासंघको विधानअनुसार निर्वाचित कार्यसमितिले कोषाध्यक्ष छान्ने काम गर्छ ।











