
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको निजगढ पुगेर काठमाडौँ–मधेश ‘फास्ट ट्रयाक’ (द्रुतमार्ग) को अनुगमन गरेका छन् ।
मंगलबार बिहान निजगढ पुगेर प्रधानमन्त्री प्रचण्डले अनुगमन र निरीक्षण गर्दै फास्ट ट्र्याक निर्माणको अवस्थाबारे जानकारी लिएका हुन् ।
तराई मधेससँगै काठमाडौँलाई जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन् ।











