Logo
Logo

मिटरब्याजी पीडितको पक्षमा वृहत नागरिक आन्दोलनले मार्च पास गर्ने


567
Shares

काठमाडौं । वृहत नागरिक आन्दोलनले बुधबार ‘मानव अधिकार मार्च पास’ गर्ने भएको छ । मिटरब्याज पीडितहरुमाथि वैशाख ४ गते प्रहरीले अनावश्यक, निर्मम र अमानवीय दमन गरेको भन्‍दै मानव अधिकार मार्च पास गर्न लागेको हो ।

यस्तै, आन्दोलनले मानव-अधिकार उलङ्घन गर्ने दोषीहरूको छानबिन गरी कारबाही गर्न जोड्दार माग गरेको छ । मंगलबार विज्ञप्तिमा भनिएको छ- शान्तिवाटिकाबाट समातिएका पीडितहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबभित्र लगेर थप कुटपिट मात्र गरेन, उपचार गर्नुपर्ने बिरामीलाई दिनभरि हिरासतमा थुन्ने कार्य समेत गर्‍यो। नागरिकलाई सुरक्षा दिनुपर्ने भूमिकामा रहेको प्रहरीले शान्तिवाटिकामा भएको किसानका भान्छामा क्षति पनि पुर्यायो । यो घटना गम्भीर मानव-अधिकारको हनन् हो । यसरी मानव–अधिकार उलङ्घन गर्ने दोषीहरूको छानबिन गरी कारबाही गर्न जोड्दार माग गर्दछौं ।’

आन्दोलनले बुधबार शान्तिवाटिकादेखि संसद भवनसम्‍म मार्च पास गर्ने र मार्च पासमा सहभागी हुन सबै नागरिकमा आह्वान समेत गरिएको छ । ‘सरकार, दलहरूलगायत सबैलाई जिम्मेवार बन्न आह्वान गर्दै बृहत् नागरिक आन्दोलनको नेतृत्वमा यही वैशाख ६ गते आयोजना गरिएको ‘मानव–अधिकार मार्च‘मा सहभागी हुन आम नागरिक सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्