Logo
Logo

कविता वाचन गर्दै अतिक्रमित नेपाली भूमि फिर्ता गर्न माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ कार्तिक । कवि तथा साहित्यकारहरुले भारतद्वारा अतिक्रमित भू–भाग फिर्ताको माग गर्दै कविता वाचन गरेका छन् । उनीहरुले कवितामार्फत नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका अतिक्रमित भू–भागबाट भारतले तत्काल फिर्ता गर्नुपर्ने जनाएका छन् ।
मानवअधिकार तथा शान्ति समाजको आयोजनामा ८५औँ शान्ति काव्य प्रवाहमा कविहरुले भारतले गरेको नेपाली भू–भाग अतिक्रमणको तीव्र विरोध गरे । समाजले प्रत्येक महिनाको अन्तिम बिहीबार शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको छ ।
काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, डा जीवन अधिकारी, रत्ननीधि रेग्मी, डा बमबहादुर थापा जिताली, मदन कार्की, भाग्यशाली अधिकारी, ऋचा, दुर्गा वनवासी, पुनम घिमिरे, विमला दाहाल, गंगां कर्माचार्य, त्रिभुवनचन्द्र वाग्ले, प्रकाशमणि दाहाल, राजेन्द्रप्रसाद ढुङ्गाना, अतृप्त पाण्डेय, जसध्वज गुरुङ, विजयध्वज थापा, मुकुन्द पौडेल, दुर्गा किरण तिवारी, उर्मिला पन्त पाण्डेय, त्रिपुरा पौडेल, कुसुम शर्मा, रश्मि रिमाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, विजयराज न्यौपाने, अशोक घिमिरे, डिल्लीप्रसाद मूलतिहुन, रवीन्द्र आशिष शैली, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रवीन्द्र ढुङ्गेल, टेकबहादुर लौडारी, समाजका केन्द्रीय सदस्य सरस्वती ढकाल, संस्थापक सभापति पहाडीसहित ३८ कविहरुले कवितावाचन गरेका थिए ।
कार्यक्रममा कविहरुले महाकवि देवकोटाप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरेका थिए । काव्य प्रवाहमा कवि अतृप्त पाण्डेद्वारा लिखित ‘मेरो सम्झना’मा नामक कृतिको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्