Logo
Logo

चितवन र तनहुँमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने नेसपाको निर्णय


378
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले जानकारी दिए ।

उक्त पार्टीले सम्बन्धित प्रदेश र क्षेत्रका पार्टी समितिलाई निर्वाचनमा परिचालित हुन निर्देशनसमेत दिएको छ । यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

सो निर्वाचनमा चिनवन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराई उम्मेदवार छन् । श्रेष्ठ र भट्टराई सत्ता गठबन्धनको साझा उम्मेदावार छन् ।

प्रतिक्रिया दिनुहोस्