
सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस औपचारिक रुपमा सहभागी हुने भएको छ ।
केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।
जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसबाट सिफारिस भएका तीन जना मन्त्रीले आज सपथ लिदैछन् । कांग्रेसले मंगलवार तीन जनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।
कर्णाली सरकारमा कंग्रेसका कृष्ण कुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्ग बहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् ।
सिफारिस भएका तीनै जना मन्त्रीलाई आज मुख्यमन्त्री राजकुमार शर्माले सपथ ग्रहण गराउँदैछन् ।











