
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन ।
रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस जान लागेका हुन । उनी बिहान १० बजे रुस प्रस्थान गर्ने तयारी छ । उनको टोलीमा ८ जना सदस्य रहनेछन ।
अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि राष्ट्रिय सभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।











