
काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।
आजको बैठकमा सहमति नजुटेको र अर्काे बैठक बसेर प्रधानन्यायाधीश सिफारिस टुंग्याइने निर्णय भएको बैठकमा सहभागी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताए । तर बैठक कहिले बस्ने भन्ने टुंगो नलागेको उनले बताए ।











