
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











