Logo
Logo

प्रि-ओपन सेसनमा सेयर बजार घट्यो


630
Shares

काठमाडौं। आज बुधबार कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन)मा सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.६४ अंकले घटेर १९०३.३५ विन्दुमा आएको छ ।

यससँगै ६ कम्पनीको ३१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६२ हजार ६३७ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र ४ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्