Logo
Logo

काठमाडौंको टौदहमा ‘चोभार कोल्ड स्टोर’ सञ्चालन


693
Shares

काठमाडौं । कृषिजन्य वस्तुहरुको सुरक्षित भण्डारणका लागि ३५ करोड लागतमा बनेको चोभार कोल्ड स्टोर सञ्चालनमा आएको छ ।

कृर्षिजन्य वस्तुहरुको उचित मूल्यका साथ बजारीकरण गर्ने र स्वदेशी उत्पादनलाई विशेष टेवा पुर्‍याउने उदेश्यका साथ निर्माण गरिएको चोभार कोल्ड स्टोर गत शनिबारदेखि सञ्चालनमा आएको हो ।

काठमाडौंको टौदह, खहरेमा रहेको उक्त कोल्ड स्टोरको पच्चिस सय मेट्रिक टनसम्म कृषि वस्तु भण्डारण गर्ने क्षमता छ ।

चोभार कोल्ड स्टोर उद्यमी कृष्ण भक्त श्रेष्ठ र सुशील सिंघलले संयुक्त लगानीमा सञ्चालनमा ल्याएका हुन् । स्थानीय कृषकहरुलाई सेवा पुर्‍याउने हेतूले स्टोर निर्माणका लागि यस स्थानलाई छनौट गरिएको व्यवशायी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्