Logo
Logo

‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा अभिनेत्री आरती मित्तल पक्राउ



काठमाडौं । बलिउड कास्टिङ निर्देशक तथा अभिनेत्री आरती मित्तल पक्राउ परेका छन् । उनलाई फिल्म उद्योगमा ‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा मुम्बई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

मुम्बई क्राइम ब्रान्च युनिटले उनीमाथि गैरकानुनी तस्करी र वेश्यावृत्तिअन्तर्गत कानुनी कारबाही थालेको छ । र्‍याकेटमा रहेका अन्य मोडललाई पनि नियन्त्रणमा लिइएको छ । उनीहरुलाई रिह्याब सेन्टर पठाइएको छ ।

मित्तलले पैसाको लोभ देखाएर संघर्षरत मोडेललाई उक्त धन्दामा पठाउने गरेको प्रहरीले जनाएको छ । मनोज सुतार नामका एक इन्सपेक्टरले आरतीसँग ग्राहकका रुपमा डिल गरेका थिए ।

आरतीले उनीसँग होटेल बुक गराउनुका साथै ६० हजार रुपैयाँ मागेकी थिइन् । आरती कास्टिङ निर्देशकका साथै अभिनेत्री हुन् । उनले एक टिभी सिरियल ‘अपनापन’मा समेत काम गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्