Logo
Logo

अस्पतालमा आगो लाग्दा २९ जनाको मृत्यु



एजेन्सी । बेइजिङस्थित एक अस्पतालमा आगालागी हुँदा २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका हुन् ।

उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए ।

आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा मङ्गलबार आगो सल्केको अनुमान गरिएको छ । मर्मतसम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्