Logo
Logo

नयाँदिल्लीस्थित एम्स अस्पतालमा राष्ट्रपतिको उपचार सुरु


1.4k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचार सुरु भएको छ ।

मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान एयर एम्बुलेन्समार्फत् नयाँदिल्ली लगिएको थियो । राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि गएका छन् ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए ।

फलोअपमा इन्फेक्सन नघटेको चिकित्सकहरुले जनाएका थिए । उनीहरुकै सुझावमा राष्ट्रपति पौडेललाई थप उपचारको लागि नयाँदिल्ली लगिएको हो।

प्रतिक्रिया दिनुहोस्