Logo
Logo

त्रिवि शिक्षण अस्पतालमा दशौं कलेजो प्रत्यारोपण सफल


630
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दशौं कलेजो प्रत्यारोपण सफल भएको छ ।

अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोली मंगलबार दशौं कलेजो प्रत्यारोपण गरेको हो । उनका अनुसार ३१ वर्षीय पुरुषलाई ३० वर्षीया श्रीमतीले कलेजो दान गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘हिजो (मंगलबार) दशौं बिरामीमा मिर्गौला प्रत्यारोपण सफल भएको छ, अब प्रत्यारोपण नियमित हुन्छ ।’ अस्पतालमा यसअघि पुस २९ गते कलेजो प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्