Logo
Logo

युएईमा नेपालीले जिते ७१ करोड ७० लाखको चिठ्ठा



काठमाडौं । यूएईमा कार्यरत एक नेपालीले २ करोड दिरामको चिठ्ठा जितेका छन् । सवारी चालकको काम गर्दै आएका उनले जितेको चिठ्ठा नेपाली रुपैयाँ ७१ करोड ७० लाख रुपैयाँ बराबर हुन आउँछ ।

युएईको पत्रिका खालिज टाइम्सले उल्लेख गरेअनुसार पदम नाम गरेका ती नेपाली चालक सन् २०२३ मा यूएईमा यति ठूलो राशीको चिठ्ठा जित्ने पहिलो व्यक्ती हुन् ।

हरेक महिना ५,७०० रुपैयाँ कमाउने पदमसँग जहिले पनि समय, शक्ति र बजेट खाँचोमा परेका मानिसहरूलाई आफूले सक्दो सहयोग गर्ने गरेको खालिज टाइम्सले उल्लेख छ । साथै, पदमले टाइम्ससँग भनेका छन्, ‘म अन्धो मानिसहरूलाई सकेसम्म मद्दत गर्छु र वृद्धहरूलाई हिँड्ने लट्ठीले मद्दत गर्छु । यद्यपि, अब म धेरै ठूलो स्तरमा आर्थिक सहयोग गर्न सक्षम हुनेछु ।’

यसअघि तीन महिना अगाडि युएईको आवुधावीमा आयोजित विग टिकट ¥याफल ड्रमा एक नेपालीले ८२ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्