Logo
Logo

समाजवादी व्यवस्थाले मात्रै देश बन्छ : झलनाथ खनाल 


504
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी व्यवस्थाले मात्रै समाजमा देखिएका अनैतिकता समाप्त हुने बताएका छन् । 

आज (बुधबार) काठमाडौंमा एकीकृत समाजवादी निकट अनेरास्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले मुलुकमा समाजवादी व्यवस्था स्थापना गरेर मात्रै समाजको दमन, शोषण, भ्रष्टाचार समाप्त हुने बताए  । 

उनले आफ्ना पार्टीका सङ्गठनहरूको चरित्र समाजवादी चरित्र भएको जिकिर गरे । उनले आजको शिक्षा प्रणालीले जनताले चाहेको शिक्षा नपाइरहेको भन्दै समाजवादी शिक्षा प्रणालीमा रूपान्तरण गर्नुपर्ने धारणा राखे । ठोस कार्यदिशाका साथ सङ्गठनलाई अघि बढाउनका लागि अनेरास्ववियुलाई उनले निर्देशन पनि दिए । 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले मुलुकको राजनीति भाँडिएका कारण जनतामा निराशा छाएको भन्दै यसलाई सही दिशामा ल्याउनुपर्ने अवस्था आएको बताए । 

उनले अव व्यक्ति केन्द्रित नभइ देश र जनतालाई हितमा राखेर राजनीतिलाई अघि बढाउनुपर्ने भन्दै यसलाई युवा विद्यार्थीहरूले गहन रुपमा महसुस गर्नुपर्ने जिकिर गरे ।  

प्रतिक्रिया दिनुहोस्