Logo
Logo

रुपन्देहीमा गोली चल्यो, एक युवक घाइते


1.6k
Shares

बुटवल । रुपन्देहीको अमवामा गोली चल्दा एक युवक घाइते भएका छन् ।

बाख्रा चराउन तिनाउ नदीको कौवा घाट नजिकै गएका सियारी गाउँपालिका–३ रगरगञ्जका २६ वर्षीय विरेन्द्र केवटलाई ३ जनाको समूहमा आएका युवाहरुले गोली चलाएका हुन् ।

खुट्टामा गोली लागेर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशकि अस्पताल लगिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्