Logo
Logo

भारतीय प्रधानमन्त्रीद्धारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना


441
Shares

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले बुधबार पौडेलको स्वास्थ्य लाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्