Logo
Logo

आज चन्द्रागिरी नगरपालिकामा सार्वजनिक बिदा


315
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । आज मातातीर्थ मेलाको अवसरमा आज नगरपालिकाले चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

मातातीर्थ औँसी (आमाको मुख हेर्ने औँसी) का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्