
काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । माता तीर्थ अौशीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने तर यो ग्रहण नेपालको कुनै पनि भूभागबाट नदेखिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नेपालबाट नदेखिने भएकाले यसको दोष पनि नलाग्ने समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’
यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्य ग्रहण लाग्दै छ । तर यी तीनै पटकका ग्रहण नेपालबाट देखिनेछैनन् । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिन्छ ।











